मनाङमा हिमपात, कृषकहरु खुशी, पर्यटकहरु हिउँमा रमाउँदै ।
चामे, हिमाली जिल्ला मनाङमा यस बर्षको दोस्रो पटक हिमपात भएको छ ।
देशको पश्चिमी भागबाट प्रवेश गरेको पश्चिमी वायुका कारण गए रातीबाटै पहाडी र हिमाली क्षेत्रको मौसम परिर्वतन भएको थियो । आज बिहानैबाट मनाङको नार्पाभूमि र ङिस्याङ गाउँपालिकाका सबै वडाहरुमा हिमपात भएको छ । उता, नासोँ गाउँपालिका अन्र्तगत पर्ने उच्च क्षेत्रहरुमा पनि बिहानैबाट हिमपात भएको छ ।

यता, सदरमुकाम चामे गाउँपालिकाका सबै वडाहरुमा चिसो हावा सहित पानी परीरहेकाले हिमपात हुने सम्भावना बडेको छ ।
लामो समयदेखि पानी पनि नपरेको र हिमपात पनि नभएका कारण अन्नबाली राम्रो नहुने भनी चिन्तीत बनेका मनाङका कृषकहरु हिमपातसंगै खुशी भएका छन् । उच्च हिमाली क्षेत्रमा त्यत्ती बर्षा नहुने हुनाले हिमपात नै सिचाइको उत्तम र प्राकृति उपाय हो ।

बिहानैबाट हिमपात शुरु भएपछि मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँ खेलेर खुशीयाली मनाइरहेका छन् । समाचार तयार पार्दासम्म पनि हिमपात भइरहेको सूचना प्राप्त भएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्