आज दिउँसो काठमाण्डौँमा हल्का वर्षाको सम्भावना ।
काठमाण्डौँ, पश्चिमी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा भइरहेको छ । गण्डकी प्रदेशदेखि पश्चिमका केही स्थानमा बिहान वर्षा भइरहेको छ । पश्चिमबाट वर्षा गराउने प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेको छ । यो प्रणाली अहिले गण्डकीसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागका साथै काठमाण्डौँ उपत्यकामा पनि बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराईका भूभागमा साधारणतया बादल लाग्नेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ ।
वाग्मती, मधेस र कोसी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र कोसी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौंमा दिउँसो २÷३ बजेपछि हल्का वर्षाको सम्भावना रहेको छ । राति १÷२ बजेसम्म काठमाडौं छिटपुट वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार राति पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
आज राति वर्षा गराउने प्रणाली सक्रिय रहनेछ । त्यसपछि क्रमशः कमजोर हुँदै जाने र भोलि (बिहीबार) देशका अधिकांश भूभागम मौसम सफा रहने विभागको पूर्वानुमान छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्