प्रतिनिधिसमा निर्वाचन अन्तर्गत आज मनोनय दर्ता
चामे, प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
हिमाली जिल्ला मनाङमा पनि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका अन्तर्गत मनोनयन दर्ताका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपाका उम्मेद्वाहरु सदरमुकाम चामे आइपुगेका छन् ।

नेपाली काँग्रेसका पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं पूर्व प्रतिनिधिसभा सदस्य टेकबहादु गुरुङ, नेकपा (एमाले)का पोल्तेन छोपाङ गुरुङ र नेकपाका यशोदा सुवेदी गुरुङ मनोनयन दर्ता गर्न मनाङ आइपुगेका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन दर्ता गर्ने/नगर्ने भन्ने हालसम्म स्पष्ट भइसकेको छैन ।
जिल्ला निर्वाचन कार्यालय मनाङले जिल्लामा ३ हजार ३ सय ७७ पुरुष र ३ हजार ६ सय २३ जना महिला गरी कूल ७ हजार मदताता रहेको जनाएको छ । मतदानलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालय मनाङले नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायी समेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी जिवन कुँवरले बताए । भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौडेयालले बताए ।
उता, निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ । विभिन्न सञ्चारमाध्यममा मनोनयन दर्ताको मिति सर्ने भन्ने समाचार प्रकाशित भएकोमा आंशिक सत्यता रहेको भएपनि अन्ततः आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ ।
कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोग यसैमा ढुक्क छ । नेपाली काँग्रेसको विवादका विषयमा अदालतमा विचाराधीन मुद्दामा आयोगले कुनै टिप्पणी नगर्ने पनि बताएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मंगलबार १६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्