२०८२ माघ १८

आज देशका अधिकांश स्थानमा बर्षा हुने, पाँच प्रदेशमा भारी बर्षाको सम्भावना ।

काठमाण्डौँ, देशको मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले आज देशका अधिकांश स्थानमा बर्षा हुने छ भने पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति देशभर साधारणतया बदली रहने बताएको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।