२०८३ भाद्र २०
यू–२० महिला एसियन कप छनोट : आज नेपाल र साउदी अरेबिया भिड्दै ।
काठमाण्डौँ, भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्