२०८२ माघ १८

जिल्ला प्रशासन कार्यालय मनाङको अपिल  ।

मनाङ,  हाल देशैभरी मनसुनी बर्षा भइरहेकाले सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधरणमा अपिल गरेको छ ।

हालसम्म जिल्लाभर सानातिना छुटफुट घटना बाहेक अन्य दुर्घटना नभएको तर मनसुनी बर्षाको समयावधि अझै बॉकी नै रहेको र बर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो, डुबना जस्ता प्रकोप आइपर्ने भएकाले सर्तकता अपनाउन जिल्लाबासीमा अनुरोध गरेको छ ।

विगत केही दिनदेखि मनाङ जिल्लामा पनि बर्षा भइरहेको छ । बर्षाका कारण खोला नालाहरुमा पानीको बहाब (सहत) बढेको छ । ङिस्याङ गाउ‘पालिकाको मनाङ र खाङसार जोडने मस्र्याङदी नदीको पुल केही हो‘चो भएकाले नदीमा पानीको सतह बडन साथै पूल छुने वा पूलमाथीबाट पानी बहने भएकाले त्यस स्थानमा रहेका केही अवरोध (ढुङ्गाहरु) हटाउने काम समेत भएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

बेसीशहर–चामे सडक अन्तर्गत लमजुङ क्षेत्रमा पर्ने हावाडाँडामा पहिरो खसिरहने भएकाले बेसीशहर–चामे सडक केही घण्टा बन्द हुने र खुल्ने भइरहेको छ । बेसीशहर–चामे सडक अवरुद्ध हुन नदिन लमजुङ जिल्ला प्रशासन कार्यालयसंग समन्वय भइरहेको पनि प्रजिअ आचार्यले बताए ।

त्यसैगरी, बर्षा र पहिरोका कारण विद्युत आपूर्ती बन्द हुने क्रम बडेकाले त्यसका लागि विद्युत प्राधिकरण मनाङ र लमजुङलाई तयारी अवस्थामा राखिएको पनि उनले बताए ।

मनाङ–१ का प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले मनाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित् सुरक्षा अंगका प्रमुखहरुसंग टेलिफोन गरी जिल्लाको वर्तमान अवस्थाको जानकारी लिएका छन् । माननीय गुरुङले मनसुनजन्य प्रकोपबाट हुन सक्ने दुर्घटनाहरुलाई नजरअन्दा गर्न नहुने भन्दै सर्तकता अपनाउनका साथै उद्धार र राहतका लागि पनि २४ सौ घण्टा तैनात रहन निर्देशन दिएका छन् ।