मंगलबारसम्म पानी पर्ने, कोसी र मधेस प्रदेशकामा भारी वर्षाको सम्भावना ।
काठमाण्डौँ, देशका अधिकांश स्थानमा शुक्रबार (साउन १६) बेलुकायता पानी परिरहेको छ । शनिबार (साउन १७) केही स्थानमा ‘भारी’ वर्षा समेत भएको छ । अझै दुई यस्तै स्थिति रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (आइतबार) कोसी र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार (साउन १९) देशैभरि बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । “पर्सि (मंगलबार) वर्षाको सम्भावना केही कम रहेको विभागले जनाएको छ ।
आज (आइतबार) काठमाण्डौँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
गत २४ घण्टाको अवधिमा सर्वाधिक झापाको चन्द्रगढी मापन केन्द्रमा ३५ दशमलव २ मि.ली.पोखरामा ३१ मि.ली., बिरेन्द्रनगरमा १७ दशमलव ७, विराटनगरमा १६ दशमलव ४ मि ली. बर्षा मापन भएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्