आज प्रथम राष्ट्रिय कोदो दिवस मनाइँदै ।
काठमाण्डौँ, सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न र उत्पादन बढाउन पहिलोपटक आज (साउन १६ गते) राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” नारा तय गरिएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयॉ बराबरको करिब १८ हजार ३ सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको कृषि विभागले जनाएको छ ।
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।
देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले बताए ।
दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित् ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासंघ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्