२०८३ भाद्र २०
पाँच सहसचिवको सरुवा, अध्यागमन विभागको जिम्मेवारी रामचन्द्र तिवारीलाई ।
काठमाण्डौं, गृह मन्त्रालयले पाँच सहसचिवको सरुवा÷पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णयले सरुवा÷पदस्थापन गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशक बनाइएको छ ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानिएको छ । उनको स्थानमा सहसचिव नरहरि घिमिरेलाई पठाइएको हो । घिमिरे हाल खोटाङका प्रमुख जिल्ला अधिकारी छन् ।
यस्तै, गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्