२०८२ मंसिर २८

लाओसविरुद्ध नेपालको ९–० को फराकिलो जित, कप्तान भण्डारीेद्वारा ह्याट्रिक सहित ४ गोल ।

काठमाण्डौँ, एएफसी महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आफ्नो एक सयौं खेलमा रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल पूरा गरिन् ।
खेलको पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल थपेको थियो । नेपालका लागि अनिता बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदा कप्तान सावित्रा भण्डारीले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत अग्रता दोब्बर बनाएकी थिइन् ।
दोस्रो हाफमा पनि नेपालले आफ्नो असल प्रदर्शन कायम राख्दै खेलमा गोल वर्षा गरेको थियो । नेपालका लागि दोस्रो हाफको सुरुवातमै सरु लिम्बुले आफ्नो ५० औंँ क्यापमा गोल गर्दै टिमलाई ३–० को अवस्थामा पु¥याउँदा त्यसपछि सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन् ।