आजदेखि हिला एसियाकप छनोट शुरु, नेपाल पहिलो खेलमा लाओससँग भिड्दै ।

काठमाण्डौँ, एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले आफ्नो खेल लाखनेस विरुद्ध खेल्दै छ ।
समूह ‘एफ’मा रहेको नेपालले समूहमा लाओस र श्रीलंका सहित आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
आफ्नो पहिलो खेल उज्वेकिस्तानको तास्केन्तस्थि बुनयोदकोर स्टेडियममा केही बेर पछि साँझ ६ बजे नेपालले नौलो प्रतिद्वन्द्वीका रुपमा रहेको लाओससँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि यो अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासकै महत्त्वपूर्ण खेलका रुपमा दर्जसमेत हुँदैछ । यो नेपालको एक सयौँ अन्तर्राष्ट्रिय खेलका रुपमा रहने छ । अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकपछि नेपालले यो उपलब्धि हाँसिल गर्न लागेको हो ।
यही खेलबाट बेल्जियमका नागरिक प्याट्रिक डि वाइल्डले नेपाली महिला टिमको प्रशिक्षकको रुपमा डेब्यू गर्दैछन् । उनी महिला टिम समाल्नले पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् ।
आइतबारै घरेलु टोली उज्वेकिस्तानले श्रीलंकासँग खेल्ने छ। यस समुहमा उज्वेकिस्तान फिफा वरियतामा सर्वाधिकमाथि छ। यो समूहमा उज्वेकिस्तान र नेपालनै दाबेदारका रुपमा रहेका टोली हुन्। समूहको विजेता मात्र महिला एसियन कपमा पुग्ने भएकोले हरेक खेलको नतिजा निर्णायक र महत्त्वपूर्ण हुनेछ।
महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले यही प्रतियोगिताका लागि भनेर गत महिना बलियो टोली थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अन्तर्राष्ट्रिय हिसाबले पनि लाओस नेपालभन्दा कमजोर रहेको छ । फिफा वरियतामा नेपाल लाओसभन्दा ७ स्थानमाथि छ । ताजा बरियतामा नेपाल १००औं स्थानमा रहँदा लाओस १०७औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्