इरानद्वारा कतारमा रहेको अमेरिकी एयरवेशमा हवाई आक्रमण ।

काठमाण्डौँ, इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा सोमबार हवाई आक्रमण गरको छ ।
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरवेशमा हवाई आक्रमण गरेपछि सोमबार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल, काठमाण्डौँबाट कतारको दोहाका लागि उडेको विमान ओमानमा विमान अवतरण गरेको हो । हवाई कारबाहीको संकेत पाएलगत्तै कतारले हवाई क्षेत्र बन्द गरेको थियो ।
काठमाडौँबाट राति ११ बजेका लागि नेपाल एयरलाइन्सको विमान समेत दोहाका लागि उड्ने तयारी थियो । बोर्डिङ पास लिएर यात्राका लागि अन्तिम विन्दुमा रहँदा यात्रुहरु रोकिएका छन् । कतारको हवाई स्पेश बन्द भएको सूचना आएपछि उहाँहरुलाई विमानमा नचढाइ राखिएको त्रिभूवन विमान स्थलले जनाएको छ ।
इरान–इजरायल युद्ध बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा उत्पन्न संकटले नेपाली लगायत विभिन्न क्षेत्रबाट गएका मजदुरसमेत प्रभावित हुन सक्छन् ।
सामाजिक सञ्जालमा अमेरिकी सैनिकहरू रहेका कतारको सैन्य अड्डामाथि आक्रमण भएको भन्दै फुटेजहरु सार्वजनिक भएका छन् ।
इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तेज पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा परिषद्को आपतकालीन बैठक डाकेका छन् ।
दोहामा रहेको अमेरिकी सैन्य वेसलाई लक्षित गरेर हवाई आक्रमण भएपछि इरानले ‘सार्वभौमिकता, हवाई क्षेत्र र संयुक्त राष्ट्रसंघको सन्धिको खुला उल्लंघन’ गरेको कतारले प्रतिक्रिया दिएको छ ।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले अल उदैद वायुसैनिक अड्डामा इरानको रिभोल्युशनरी गार्डद्वारा गरिएको आक्रमणको निन्दा गर्दै यस्तो बताएका हुन् । कतारी वायु सुरक्षा प्रणालीले उक्त आक्रमण विफल पार्न सफल भएको र इरानी मिसाइलहरूको सामना गरेर तटस्थ गराएको’ समेत भनेका छन् ।
कतार स्थित् नेपाली दुतावासले सम्पूर्ण नेपालीहरुलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्