२०८२ असार २५

इरानमाथि अमेरिकी हवाई आक्रमण, राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रको नाममा सम्बोधन ।

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्।् । उनले वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका छन्।
सम्बोधनमा उनले इरानमाथिको आक्रमणसँगै अमेरिकी रणनीतिका विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ । ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य स्थिति कस्तो बन्नेछ भन्ने सङ्केत दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।
यसअघि ट्रम्पले अमेरिकाले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका थिए । उनले आक्रमणमा प्रयोग भएका सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।
यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वको लागि ऐतिहासिक क्षण हो उनले ट्रुथ सोसलमा पोस्ट गरेका छन् । उनले थपे, ुइरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छु ।