२०८३ भाद्र २०
अवरुद्ध बेँसीसहर–चामे सडक सुचारू ।
चामे, बुधबार बिहान पहिरो खसेर अवरुद्ध बनेको बेँसीसहर–चामे सडक सुचारू भएको छ ।
मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा बुधबार विहान ठुलाठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । च्याम्चेको बुङ झरना नजिकै झरेको पहिरो स्काभेटर प्रयोग गरि खुलाइएको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध बनेको च्याम्चे नास्कु पुरानो जगत बाटोपनि सुचारू भएको छ ।
बेसीसहर–चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक सुचारू गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
वर्षेनी पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । मनाङलाई जोडने एकमात्र यस बेसीशहर–चामे सढक अवरुद्ध हु‘दा मनाङवासी जनता बर्षै मर्कामा पर्ने गरेका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्