चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा सम्पन्न ।

काठमाण्डौ‘, चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा आज सम्पन्न भएको छ ।
काठमाण्डॉैको स्वयम्भू स्थित् मनाङ गुम्बामा २५६९ औ बुद्धजयन्तीको अवसर पारेर शुरु भएको चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा आज सम्पन्न भएको हो ।
गुरुसम्पूर्ण प्राणी जगतको भलो हुनका साथै र्कग्युल सम्प्रदायका १७ औ कर्मापाको सुस्वास्थ्य र्दिधायुका साथै सफलताको कामनाका साथ विगत आठ दिनदेखि सञ्चालन भएको यस पुजा तथा महा जपमा सम्पूर्ण प्राणी जगतको हितका साथै शुख, शान्ती र सम्बृद्धीका साथै र्कग्युल सम्प्रदायका गुरु १७ औं कर्मपाले बुद्ध धर्मका उपदेश तथा सन्देशहरु संसारभर फैलाउन सकोस भनी पुजा गरिएको हो । पुजा अवधिमा एक अर्ब जप गरिएको थियो ।
यस जपमा सहभागी लामा गुरुहरुका साथै सहभागी भक्तजनहरुले बिहान स्वयम्भू परिसरको परिक्रममा समेत गरेको थिए ।
चौथो नेपाल काख्येन महा जप तथा कर्मापा ख्येनो पुजा स्पन्नका केही तस्वीरहरु ।
प्रतिक्रिया दिनुहोस्