२०८२ माघ १३

क्रिस्टल प्यालेसद्वारा म्यानचेस्टर सिटी १–० गोलले पराजित ।

काठमाण्डौ, क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराउँदै इतिहासमै पहिलो पटक एफए कप उपाधि जितेको छ ।
दक्षिण लन्डनको स्थानीय खेलाडी एबरेची एजेले खेलको १६औँ मिनेटमा शानदार भलीमार्फत निर्णायक गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । त्यही गोल प्यालेसको उपाधि जितमा निर्णायक बन्यो ।
खेलको ३६ औं मिनेटमा सिटीका खेलाडी ओमार मार्माउशल पेनाल्टीमा चुक्दा सिटीले उपाधिकै मूल्य चुकाउनुप¥यो । पूर्व म्यानचेस्टर युनाइटेडका गोलकिपर डिन हेन्डरसनले उत्कृष्ट बचाउ गर्दै सिटीलाई बराबरीमा फर्किन दिएनन् ।
यो जितसँगै क्रिस्टल प्यालेसले आफ्नो इतिहासमा पहिलो पटक प्रमुख घरेलु उपाधि एफए कप जित्न सफल भएको हो । यसले क्लबका समर्थकहरूबीच दक्षिण लन्डनमा ठूलो उत्सवको माहोल सिर्जना गरेको छ।