२०८२ असार ३
काठमाडौं सहित पॉच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी ।

काठमाण्डौ‘, आज (आइतबार) काठमाण्डौङ सहित अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । तराइ क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विशेष पॉच प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ रहेको विभागले जनाएको छ ।
मधेस प्रदेशलगायत कोसी, लुम्बिनी, सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्