मनाङमा सार्वजनि बससेवा सुरु हुने, बसभाडा ७५० रुपैयाँ ।

चामे, आइतबार (भोली) देखि बेसीशहर–चामे सडकमा सार्वजनिक बससेवा सञ्चालन हुने भएका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको पहलमा गठन भएको समन्वय समितिले सम्बन्धित सबै पक्षसंग छलफ गरी भोली, २०८२ साल बैशाख ७ गतेबाट सार्वजनिक बससेवा सञ्चालन गर्न लागेको हो ।
नेपाली सेनाले ट्रयाक खोल्ने काम २०५९ सालबाट शुरु गरी २०६९ सालमा सम्पन्न गरेपछि नेपाल सरकार, सडक विभागलाई हस्तान्तरण गरेको थियो । त्यसपछि २०६९ साल मंसिर ७ गतेबाट यस सडकमा साना सार्वजनिक यातायातका साधन सञ्चालन भएको थियो । ट्रयाक खोलेको १३ बर्ष पछि भोलीबाट यो सडकमा सार्वजनीक बस सञ्चालन हुंदैछ ।
समन्वय समितिले मनाङका सुरक्षा निकायका प्रमुख, बस व्यवसायी, सडक डिभिजन कार्यालय, यातायात कार्यलय डुम्रे, स्थानीय जनप्रतिनिधिसंग छलफल गरी लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्मको बसभाडा ७५० निर्धारण गरेको छ ।
त्यसैगरी, भोली (आइतबार) बिहान लमजुङको बेसीशहरदेखि मनाङको चामेसम्मका यात्रु बोकेर गएको बसलाई सांसद,समन्वय समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधिले लमजुङ र मनाङको सिमाना म्यार्दी भिर नजीकै पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर गुरुङले रिबन काटेर, यात्रु तथा सवारी चालकदलका सदस्यहरुलाई पूmल–माला र अबिर सहित स्वागत गर्ने, त्यसपछि धारापानी आइपुगेपछि स्थानीय आमा समूहले स्वागत गर्ने, त्यसैगरी दानाक्यूमा र तिमाङमा पनि आमासमुहले फूल, माला र अबिर सहित स्वागत गर्ने कार्यक्रम रहेको छ । यात्रु बोकेको बस मनाङ सदरमुकाम चामे आइपुगेपछि भब्य स्वागत गर्ने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
तात्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले ७५ वटै जिल्लाको सदरमुकाम सम्म सडक पु¥याउने योजना अघि सा¥यो । मनाङका अग्रजहरु नेपाली काँग्रेस मनाङबाट सर्वसम्मत निर्वाचित भूपूमन्त्री श्री पाल्देन गुरुङ, तत्कालीन राष्ट्रियसभा सदस्य श्री कोमल बहादुर घले र श्री साङदो लामाले डुम्रे–बेसीशहर,बेसीशहर–चामे सडकको योजना तयार गरी काँग्रेस नेता एवम् तात्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई बुझाएका थिए ।
बेसीशहर–चामे मोटरबाटोे आयोजनाका लागि तात्कालीन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले निजी कोषबाट ५ लाख रुपैयाँ विनियोजन गरेका थिए ।
त्यसपछि, स्थानीय विकासमन्त्री श्री रामचन्द्र पौडेलबाट ५ सय क्वीन्टल खाद्यन्न (चामल) प्राप्त भएपछि लमजुङका अग्रज तथा समाजसेवी स्वर्गीय शेरबहादुर भण्डारीको नेतृत्वमा डुम्रे–बेसीशहर, बेसशिहर–चामे सडक निमार्ण समिति गठन भई सडक खन्ने काम शुरुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्