राजावादीले गरेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु, कर्फयू जारी ।

काठमाण्डौँ, राजावादीहरुले तीनकुनेमा गरेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजककोमृत्यु भएको छ ।
तीनकुनेको भवनमा लागेको भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’ एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।
त्यसैगरी, आक्रोसित राजावादी प्रदैशनकारीहरुले कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केमा पनि तोडफोड गरी धनमाल समेत लिएर गएका छन् । उता,जडीबेटी घवनमा पनि आगजनी गरेका छने भने केही सरकारी र प्रहरीको भ्यान समते जलाएका छन् ।
स्थिती असामान्य बन्दे गएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले कफ्र्यु आदेश जारी गरी सो क्षेत्रमा राति १० बजेसम्म गाडी बन्द गरिएको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कफ्र्यु आदेश जारी भएपछि सो क्षेत्रमा पूर्ण रूपमा गाडी बन्द गरिएको हो । प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कफ्र्यु लगाएको छ ।
यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कफ्र्यु आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कफ्र्यु आदेश जारी गरिएको छ ।
राजावादीको प्रदर्शनले उग्र रूप लिएपछि गाडी पनि बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्