कोसी, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना ।
काठमाण्डौँ, देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण केही भूभागमा आज वर्षा र केही प्रदेशमा हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । त्यसैगरी, कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आंशिक बदली मात्रै रहनेछ ।
काठमाण्डौँमा आज मौसम सामान्य बदली मात्रै हुनेछ, तर केही दिन वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना रहे पनि तत्काललाई हावाहुरीको सम्भावना भने नरहेको विभागले जनाएको छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्