आइतबारसम्म देशभर बादल लाग्ने र हल्का पानी पर्ने ।
काठमाण्डौँ, आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने महाशाखाले जनाएको छ ।
आइतबार साँझबाट मौसममा क्रमिक सुधार हुने नल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूती मानन्धरले बताइन । उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ ।
आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावनारहेको प्रवक्ता मानन्धरले बताइन ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्