आइतबारसम्म देशभर बादल लाग्ने र हल्का पानी पर्ने ।

काठमाण्डौँ, आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने महाशाखाले जनाएको छ ।
आइतबार साँझबाट मौसममा क्रमिक सुधार हुने नल तथा मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूती मानन्धरले बताइन । उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ ।
आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावनारहेको प्रवक्ता मानन्धरले बताइन ।
प्रतिक्रिया दिनुहोस्