२०८२ जेष्ठ ९

दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफलाई ।

इलाम, दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।
इलामको टुडीखेलमा शनिबार भएको फाइनल खेलमा एपिएफले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो ।
एपिएफको जितमा गीता राना र सविता रानामगरले गोल गरे । आर्मीकी विमला चौधरीले सानत्वना गोल फर्काए । उपाधिसँगै एपिएफले चार लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता आर्मीले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित भए । उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना, उत्कृष्ट डिफेन्डर आर्मीकै विमला विक, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी र सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित भए ।
फागुन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।