२०८२ असार ३

देशभरको मौसम बदली, दिउँसो कोशी र बागमती प्रदेशमा वर्षा र हिमपात हुने ।

काठमाण्डौँ, आज दिउँसो कोशी र बागमती प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले दरभरको मौसम बदली रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (आइतबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । दिउँसो सातै प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ । त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमतीकै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने पनि सम्भावना रहको महाशाखाले जनाएको छ ।
आज (आइतबार) राति पनि देशैभरि आंशिक बदली हुने पूर्वानुमान छ । तर रातिको समयमा भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।