पूर्वमन्त्री राजिव गुरुङ(दीपक मनाङे)को २० प्रतिशत सजाय छुट ।

काठमाण्डौँ, ज्यान मार्ने उद्योगमा दोषी ठहर भई डिल्लीबजार जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजिव गुरुङ(दीपक मनाङे) ले २० प्रतिशत सजाय छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले शुक्रबार मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री गुरुङले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । अदालतबाट अन्तिम फैसलाको सूचना जारी भएपछि मनाङेले अदालत समक्ष आत्मसमर्पण गर्ने तयारी गरीरहेको थिए । तर, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कार्तिकमा राजधानीको सानोभ¥याङबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए । उक्त व्यवस्था अनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्