२०८१ चैत्र ५
आज चारवटा प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना ।

काठमाण्डौँ, देशमा श्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा केही भूभागमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान कोसी, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।
दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको छ बाँकी भूभागमा मौसम मुख्यतया सफा रहन विभागले जनाएको छ ।
आज राति देशको हिमाली र उच्च पहाड़ी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्