२०८१ चैत्र ५
नेपाली काँग्रेसले बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्विप ।

काठमाण्डौँ, नेपाली काँग्रेसले भोली (२१ फागुन, बुधबार)बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आप्mना सांसदहरूलाई निर्देशन जारी गरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।
अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।
‘भोली (फागुन २१ गते) १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ ।
सरकारले भूमि बाहेक ५ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ ।
जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।
प्रतिक्रिया दिनुहोस्