२०८१ चैत्र ५

सुदूरपश्चिम प्रदेशका केही स्थानमा बर्षा, अधिकांश स्थानको मौसम सफा रहने ।

काठमाण्डौ देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ ।
आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौँमा आज मौसम बदली हुनेछ । बदली भए पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ ।
नेपालमा अझै पनि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि विभागले जनाएको छ ।