२०८१ चैत्र ५

स्ववियु  निर्वाचनका लागि २२ वटा विद्यार्थी संघ-संगठनले नाम दर्ता गराए ।

काठमाण्डौँ, आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन २२ वटा विद्यार्थी संघ-संगठनले नाम दर्ता गराएको त्रिभूव विश्वविद्यालय क्याम्पस प्रमुख अक्कलदेव मिश्रले जानकारी दिए ।
दर्ता गरेका नाममध्येबाट छानबिन गरेर यथाशिघ्र नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यसअधि २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ-संगठनले भाग लिएका थिए ।
निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन÷समूह दर्ता हुनुपर्ने व्यवस्था छ । देशका केही क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरूले अध्यक्षसहितका उम्मेदवारको नामावली घोषणा गर्न थालिसकेका छन् ।
निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो ।