नेपाली काँग्रेस क्षेत्रीय सभापतिहरु भैरहवामा ।
भैरहवा, देशभरका नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण रुपन्देहीको भैरहवामा सुरु हुँदैछ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज (सोमबार) र भोलि (मंगलबार) हुने प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी हुँदैछन् ।
१६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई प्र
िशक्षण दिइने नेपाली काँ
ग्रेस रुपन्देही १ का क्षेत्रीय सभापति हिरा खत्रीले जानकारी दिए ।
प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा लगायत नेताहरु सहभागी हुने खत्रीले बताए ।
सभापति देउवा, नेतृ आरजु देउवा राणा आज बिहान ९ बजेको उडानबाट भैरहवा पुग्ने कार्यक्रम रहेको आयोजक नेताहरुले बताएका छन् ।
-
१
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
२
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन
-
३
निर्वाचन अवधिभर बेसीशहर–चामे–खाङ्सार सडक खण्डमा मालवाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने ।
-
४
निर्वाचन मतदाता परिचयपत्र नभए नागरिकताले मतदान गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्