२०८२ बैशाख ८

नेपालमा हिउँदे बर्षा सकियो, प्रि मनसुन शुरु, हावाहुरी चल्ने, असिनापानी पर्ने ।

काठमाण्डौँ, देशमा हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएको छ । करिब तीन महिनाको यो सिजनमा हावाहुरी चल्ने, बिजुली चम्किने, असिनापानी पर्ने सम्भावना हुन्छ । शनिबार (फागुन १७) देखि प्रिमनसुन अवधि सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अंग्रेजी क्यालेन्डरका तीन महिना – मार्च, अप्रिल र मईको समयलाई प्रिमनसुन भनिने मौसम विभागको भनाई छ ।
आउँदो जेठ २८ गतेसम्म प्रिमनसुनको अवस्था रहने मौसमविद एवं प्रवक्ता विभूती पोखरेलले बताए । १८ सम्म प्रिमनसुनको अवधि मानिन्छ । सामान्यतय नेपालमा मनसुन जेठको २८ देखि सुरु हुन्छ । देशमा सबैभन्दा धेरै पानी पर्ने मनसुन सिजनका करिब चार महिना (जुन, जुलाई, अगस्ट र सेप्टेम्बर) हो । मनसुनपूर्वको अवधि हो, प्रिमनसुन ।
प्रिमनसुनमा वार्षिक वर्षाको १२.५ प्रतिशत वर्षा हुने गर्छ । मनसुनमा ८० प्रतिशत, पोस्ट मनसुनमा ४ प्रतिशतजस्तो, हिउँदमा ३.५ प्रतिशत पानी पर्ने हुन्छ ।
प्रिमनसुनमा मेघगर्जन÷चट्याङ, हावाहुरीसहितको पानी पर्ने सम्भावना धेरै हुने विभागले जनाउको छ । प्रिमनसुनको समयमा विशेष गरी स्थानीय प्रणलीहरू, स्थानीय वायुहरू सक्रिय हुने अनि सानोसानो खालको स्थानीय प्रणलीहरु निमार्ण भएर पानी पर्ने, मेघगर्जन÷चट्याङसहितको, हावाहुरीसहितको पानी पर्ने सम्भावना धेरै हुने विभागका प्रवक्ता विभूती पोखरेलले बताए ।
प्रिमनसुनका समय अपराह्नतिर पानी पर्ने सम्भावना धेरै हुन्छ । बिहान त्यस्तो सम्भावना नै हुँदैन भन्ने पनि होइन । प्रिमनसुनमा हावाहुरीको बढी जोखिम हुन्छ । तर, त्यो सबै ठाउँमा एकनासको नहुने, अक्सर दिउँसो घाम लाग्ने हुन्छ । यो बेला दिउँसोको समयमा मजाले घाम लाग्ने, जमिन तातिए पछि चाहिँ तातो हावा माथि जाने अनि त्यसले बादलहरू विकसित गर्ने हुन्छ,” “त्यस्तो हुँदै गर्दा बादलभित्र हावा तलमाथि गर्छ, त्यसको कारणले असिनापानीहरू पनि पर्ने मौसविद तथा प्रवक्ता पोखरेलले बताए ।
हिउँदबाट प्रिमनसुनको समयमा तापक्रम विस्तारै बढ्न थाल्छ । यो अवधिमा मौसम पूर्वानुमान गर्न पनि कठिन हुने, एकदम सानो खालको स्थानीय प्रणलीहरु विकसित हुने भएकाले पूर्वानुमान गर्न पनि गाह्रो हुने विभागले जनाएको छ ।