२०८२ असार ३

सिन्धुपाल्चोकको भैरकुण्ड केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प, अवस्था सामान्य ।

काठमाडौँ, शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द, लैनचौरले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकका साथै सातै प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । त्यसैगरी भारतको दार्जीलिङ्ग, सिलगढी आसपासमा पनि भूकम्पको धकका महसुस गरिएको छ ।
सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पालिकाले जनाएको छ । भूकम्पको धक्का महसुस भएदेखि नै आफूहरुले वडास्तरबाटै जानकारी लिने प्रयासरत भने रहेको पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।
भूकम्प गएपछि उकाठमाण्डौँ उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।