अमेरिकी र रुसी कूटनीतिज्ञहरू आज (बिहीबार) इस्तानबुलमा छलफल गर्दै ।

काठमाण्डौँ, अमेरीका रुस दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज (बिहीबार) इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेटवार्ता गर्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार सम्हालेपछि अमेरिकी विदेश नीतिलाई परिवर्तन गरेका छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गर्दै तीन वर्षभन्दा बढी समयमा पहिलो पटक मस्कोसँग उच्चस्तरीय वार्ता सुरु गरेका हुन् ।
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनमा दुवै देशले एक अर्काबाट दूतावासका कर्मचारीहरूलाई निष्कासन गरेपछि बैठक कूटनीतिक मुद्दाहरूको समाधानमा केन्द्रित हुनेछ । मलाई लाग्छ कि यसको परिणामले हामी कति छिटो र प्रभावकारी रूपमा अगाडि बढ्न सक्छौँ भनेर देखाउनेछ विदेशमन्त्री लाभरोभले कतारको भ्रमणमा हिजो (बुधबार) भने ।
लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेट भएको थियो । त्यहाँ उहाँहरू युक्रेनबिना नै युक्रेन युद्धबारे वार्ता सुरु गर्न सहमत भएको थियो । त्यसयता दुवै पक्ष युक्रेनलाई एक किनारमा राखेर नजिक आएका छन् । गत बुधबार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भनेर युद्ध अन्त्य गर्न ‘छिटो अघि बढ्न’ आह्वान गरेका थिए ।
तीन वर्षअघि मस्कोले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्नबाट बच्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघमा सोमबार दुई पटक रुसको पक्षमा मतदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्