२०८१ चैत्र ५
अमेरिकामा भारी वर्षाका कारण बाढीमा परी कम्तीमा १० जनाको मृत्यु ।

काठमाण्डौँ, अविरल वर्षाका कारण अमेरिकाको दक्षिणपूर्वी भागमा सडक र घरहरू डुबानमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
केन्टकीका गभर्नर एन्डी बेसियरले आपतकालीन प्रकोप घोषणा गर्दै आफ्नो राज्यमा नौजनाको मृत्यु भएको बताए । बाढीको पानीमा फसेका करिब एक हजार मानिसलाई उद्धार गर्नुपर्ने उनले आइतबार पनि बताए । बीबीसी पूर्वानुमानकर्ता जोन हचिन्सनका अनुसार ती क्षेत्रहरू अब सुक्खा तर चिसो अवस्थाबाट प्रभावित हुन सक्ने बताइएको छ ।
केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, वेस्ट भर्जिनिया र उत्तरी क्यारोलिनामा आँधीबाट प्रभावित भएका थिए । लगभग ती सबै राज्यहरूले सेप्टेम्बरमा पनि हेलेन तुफानबाट विनाशकारी क्षति बेहोरेका थिए ।
प्रतिक्रिया दिनुहोस्