सुदूरपश्चिम प्रदेशमा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना ।

काठमाण्डौँ, पश्चिमी न्यस्न चापीय वायुका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
महाशाखाले आज सातवटै प्रदेशको मौसम आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । भारी हिमपातको भने सम्भावना छैन ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।
प्रतिक्रिया दिनुहोस्