२०८१ चैत्र ५

कक्षा १२ को वार्षिक परीक्षा तालिका प्रकाशित ।

काठमाण्डौँ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका प्रकाशन गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको ०८१÷०२÷२८ को स्वीकृत वार्षिक कार्यतालिका अनुसार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७८, ७९, ८० र ८१ हुने परीक्षार्थी) एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८० र ८१ हुने) परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो ।
तालिका अनुसार निम्न मिति र समयमा परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।