२०८१ चैत्र ५

मनाङको तिमाङ जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन ।

चामे, मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन ।
माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको छ ।
तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । ढडेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र (नेपाली सेना,सशस्त्रप्रहरी र नेपाल प्रहरी) र स्थानीयवासी पनि परिचालन गरिएको पनि प्रजिअ लामिछानेले बताए ।
तर हालसम्म पनि ढडेलो नियन्त्रणमा लिन सकिएको छैन । डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौरीका चरन क्षेत्र नष्ट हुनुनका साथै राष्ट्रिय पंक्षी डाँफे मुनाल, हिमचितुवाका साथै राष्ट्रिय पूmल लालीगुराँस र बहुमूल्य जडीबुटी नष्ट भइरहेको पनि उनले बताए ।
यसअधि मनाङकै नासोँ गाउँपालिकाको जंगलमा २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।