२०८१ चैत्र ५

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात ।

काठमाण्डौँ, । देशभर पश्चिमी वायुको सामान्य प्रभावर हेकोले मौसममा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा मौसम बदलीको सम्भावना रहेको छ । अन्य भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज तराईं र उपत्यकाका भू–भागमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
केही ठाउँमा हिमपात हुने र तराईमा हुस्सु÷कुहिरोले जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।