इजरायलमा कामदार पठाउने नेपाल सरकारको तयारी, २६ जनाको करार सम्झौता आइपुग्यो ।

काठमाण्डौँ, इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा जान छनोट भएका २६ जनाको करार सम्झौता आएको छ ।
इजरायलमा युुद्धको त्रास कम भएसँगै नेपाली युुवालाई पठाउन इजरायल सरकारले पत्राचार गरेपछि दोस्रो चरणमा केयरगिभरमा इजरायल जान छनोट भएका नेपाली युुवाको इजरायल जाने बाटो खुुलेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार इजरायल जान छनोटका सबै प्रक्रियासहित स्वास्थ्य परीक्षणमा सफल भएका ९२३ श्रमिक मध्ये २६ जनाको करार सम्झौता आएको छ । इजरायलको रोजगारदाताको कम्पनीबाट भएको माग अनुसार छनोटमा परेका श्रमिकसँग करार सम्झौता क्रमशः हुँदै जाने विभागले जनाएको छ । हाल करार सम्झौता आएका युवा अबको तीन महिनाभित्र इजरायल पुुगिसक्नुुपर्ने छ ।
दोस्रो चरणमा इजरायल जान सबै छनोट प्रव्रिmया (स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुुखीकरण तालिम सकेर रोस्टरमा रहेकामध्ये सुुरुमा २६ युुवाको करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले इजरायल जान छनोट भएका ९२३ युवाको पूर्वप्रस्थान अभिमुुखीकरण तालिम बिहीबार सम्पन्न गरेको जनाएको छ । पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको सख्या बढ्दै गएसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो पनि बढ्दै गएको थियो ।
विभागका अनुसार हाल इजरायलमा एक हजार ३४५ जिटुजीबाट गएका श्रमिकसहित करिब पाँच हजार नेपाली कार्यरत छन् । इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारी सहित करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ ।
हाल इजरायलमा जिटुजीमार्फत एक हजार ३४५ नेपाली कार्यरत रहेका बेला थप केयरभिगर जाने क्रम सुरु भएको छ ।
इजरायल सरकारले वार्षिक रूपमा नेपाली श्रमिकको माग सख्या वृद्धि गर्दै लगेर नयाँ केयर सेन्टरमा रोजगारी दिने जनाएको छ । इजरायलले नेपालबाट गएका नेपालीलाई इजरायलका विभिन्न वृद्धाश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी रोजगारी दिइसकेको छ । इजरायलले पछिल्लो समय केयरगिभर बाहेक कृषि क्षेत्रका लागि एक हजार नेपाली लैजाने आश्वासन समेत दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्