राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न ।

काठमाण्डौँ, मध्य पूर्वी तालिम शिक्षालय बर्दिबास र मध्य तालिम शिक्षालय नवलपरासीमा सिनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम समापन भएको छ ।
राष्ट्रिय सेवा दल, मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह माननीय रक्षा मन्त्री श्री मानवीर राईको प्रमुख आतिथ्यमा समापन भएको थियो । रक्षा मन्त्री राइले नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल तालिम मार्फत युवाहरूलाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउनु रहेको उल्लेख गरे । उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाई राखी राष्ट्रिय एकताको भावनालाई थप मजबुत र बलियो बनाउन यस तालिम सहयोगीसिद्ध रहेको उल्लेख समेत गरे ।
रक्षा मन्त्रीले राइले दीक्षित क्याडेट छात्रछात्राहरूलाई तालिमको दौरान हासिल गरेको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा आउन सक्ने विपद् लगायतका अनेकन् चुनौतीहरूको सहज रूपले सामना गर्न समाजमा आ–आफ्नो तर्फबाट भूमिका खेल्नु हुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गरे ।
त्यस्तै, राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको थियो । समापन समारोहमा प्रधान सेनापति सिग्देलले विभिन्न भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवाहरूमा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना मार्फत कर्तव्यनिष्ठ, देशभक्त र मातृभूमिप्रति समर्पित युवापुस्ता निर्माण गरी एउटै छानामुनि राख्न राष्ट्रिय सेवा दल तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।
प्रधान सेनापति सिग्देलले राष्ट्रिय सेवा दलका छात्रछात्राहरूले तालिमका दौरान प्राप्त गरेको ज्ञान तथा सिपलाई समाजमा स्थापित गराई उनीहरूमा रहेको राष्ट्रभावलाई कालान्तरसम्म दिगो राखी सदैव समाजप्रति उत्तरदायी र उदाहरणीय युवाको पहिचान दिलाई राख्ने हेतुले स्थापित ल्ऋऋ ब्गिmलष् ब्ककयअष्बतष्यल ल्भउब िलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो तर्फबाट सदैव कोसिस रही रहने बताए ।
प्रधान सेनापतिले दीक्षित क्याडेट छात्रछात्राहरू निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली र देशभक्त नागरिकको रूपमा समग्र युवापिडिको मार्गनिर्देशकको रूपमा रही भावी पथप्रदर्शक र वर्तमान युवाको प्रतिविम्बको रूपमा रहन सपmल हुनेमा शुभकामना समेत व्यक्त गरे ।
वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२ हजार एक सय ८४ (बयासी हजार एक सय चौरासी) जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्