२०८२ बैशाख ८

अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो ।

काठमाण्डौँ, अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।
वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको एपीले जनाएको छ ।
अवतरणअघि नै विमान हेलिकोप्टरसँग ठोक्किएको त्यहाँको संघीय उड्डयन प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, विमानमा चालक दलका चार सदस्य र ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।
उक्त विमानस्थलका सबै उडान तत्कालका निम्ति बन्द गरिएको थियो । नदी किनार क्षेत्रमा दर्जनौं एम्बुलेन्स र दमकल देख्न परिचालन गरिएको थियो । नदीमा उद्धार र खोजीकार्य जारी छ ।