मधेस र कोसी प्रदेशमा मन्द शीतलहर, जनजिवन प्रभावित ।

काठमाण्डौँ, पश्चिमी वायुको सामान्य प्रभावका कारण तराई क्षेत्रमा बाकलो हुस्सु र कुइरोका साथै शितलहरका कारण जनजिवन प्रभावित भएका छन् ।
मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा शीतलहरको अवस्था मन्द रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
केही दिनदेखी पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तराई क्षेत्रमा बिहानदेखीनै बाक्लो हुस्सु र कुइरो लाग्ने गरेको छ । जसका कारण हवाई सेवा प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्