तराई क्षेत्रमा अझै एक साता बाक्लो हुस्सु / कुहिरो लाग्ने ।

काठमाण्डौँ, पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शुक्रबार) बिहान पौने ६ बजे हुस्सु र कुहिरोका कारण धनगढीमा २०० मिटर भिजिविलिटी रहेको छ । नेपालगञ्ज र पोखरामा समान ५०० मिटर भिजिविलिटी छ ।
सिमरामा ८०० मिटर भिजिविलिटी रहँदा विराटनगर र चन्द्रगढीमा समान एक हजार मिटर भिजिविलिटी रहेको विभागले जनाएको छ ।
घाम लाग्दै गएपछि केही कम हुँदै जाने र अपराह्नसम्म हट्ने मौसमविद् विभागको भनाइ छ ।
आज पनि तराईका अधिकांश स्थानका विमानस्थलको सेवा बिहान प्रभावित हुनेछ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमानले उडान र अवतरण गर्न सक्दैनन् ।
“जनवरी महिनाभर तराईमा हुस्सु र कुहिरो लाग्छ । चिसोको समयमा हरेक वर्ष तराईमा हुस्सु र कुहिरो लाग्नु सामान्य हो,” “फेब्रुअरी सुरु भएपछि हुस्सु र कुहिरो लाग्नेक्रम कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूती पोखरेलले बताए ।”
एन्यून तापक्रम, नगन्य मात्रमा मात्रै बादल लाग्नु र हावा कम चल्नु हुस्सु र कुहिरो लाग्नुको मुख्य कारण भएको मौसमविद्को भनाइ छ ।
हुस्सुमा भन्दा कुहिरोमा पानीको मात्रा बढी हुन्छ । हुस्सुमा सापेक्षित आद्रता सयभन्दा कम तर ७० प्रतिशतभन्दा बढी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्