२०८१ माघ २६

भ्राकामा मोटरेबल पूल बन्दै ।

मनाङ, मनाङको ङिस्याङ गाउँपालिका–५, मा रहेको मस्र्याङदी खोलामा मोटररेबल पूल बन्ने भएको छ ।
मनाङको ङिस्याङ गाउँपालिका–५ मा रहेको धार्मीक एवं पर्यटकी स्थान मिलेरेप्पा गुफासम्म जाने बाटो अन्तर्गत भ्राका नजीकै मस्र्याङदी खोलामा शहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि १४ करोड ४९ लाख४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसअधि माननीय टेकबहादुर गुरुङको पहलमा ङिस्याङ गाउँपालिका–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने कम्तीमा ५ मिटर चौडाइ र २७ –२८ सय मिटर लम्बाईको मोटर बाटोको ट्रयाक खोल्ने काम भएको थियो । बाटोको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि त्यसलाई जोडने मस्र्याङदी खोलामा मोटरेबल पूल आवश्यक भएको भन्दै माननीय गुरुङकै पहलमा ५० मिटर लम्बाइ र ७ मिटर चौडाई भएको पूल निमार्णको लागि डिजाइन भएको थियो ।


यस बर्ष पनि माननीय गुरुङकै विशेष पहलमा मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने मोटर बाटोलाई जोडने मोटरेबल पुल निमार्णका लागि शहरी विकाश मन्त्रालयले बहुबर्षीय योजनामा समावेश गरी १४ करोड ४९ लाख ४६ हजार रुपैयाँ
बराबरको कार्ययोजनामा समावेश गरी बजेट विनियोजन गरेको छ । जस अन्तर्ग यस आर्थिक बर्ष २०८१–०८२ का लागि २ करोड ५० लाख, आर्थिक बर्ष २०८२–०८३ का लागि ७ करोड २४ लाख ७३ हजार र आर्थिक बर्ष २०८३–०८४ का लागि ४ करोड ७४ लाख ७३ हजार बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेट अन्तर्गत शहरी विकास मन्त्रालयले पहिले तयार गरेको नक्सालाई परिमार्जजन गरी पुल निमार्ण गर्ने तयारी गरेको छ । आगामी तीन बर्षभित्र पुलको निमार्ण कार्य सम्पन्न हुने छ ।