२०८१ माघ २६

सुदूरपश्चिमका केही स्थानमा बर्षाको सम्भावना, काठमाण्डौँको तापक्रम बढ्न थाल्यो ।

काठमाण्डौँ, आज सुदूरपश्चिम प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिममा प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम, कोशी, गण्डकी प्रदेशका हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ ।
यसैबीच, काठमाण्डौँ उपत्यकाको तापक्रम बढन थालेको छ । आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्नेछ ।
हिजो (बुधबार) बिहान पौने ६ बजे काठमाण्डौँको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो भने मंगलबार सोही समय ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।