२०८१ माघ २६

तराईमा हुस्सु, सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

काठमाण्डौँ, आज तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकाका साथै गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली र सदूरपश्चिमका हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ भने गण्डकीमा एक÷दुई ठाउँमा राति हिमापात हुने सम्भावना रहेकोमहहाशाखाले जनाएको छ ।
बाँकी मधेश, कोशी, लुम्बिनी र बागमती प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।