फोनिज कोशी प्रदेशको अध्यक्षमा विजयबोध लावती निर्वाचित ।

पाँचथर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित भएका छन् ।
पाँचथरको सदरमुकाम फिदिममा सोमबार सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमिति उपाध्यक्षमा खनेन्द्रकुमार राई, महिला उपाध्यक्षमा सुप्रिया राई र महासचिवमा लीलाबहादुर सुनुवार चयन हुनुभएको छ । यस्तै संस्थागत सचिवमा दिलबहादुर राई, सङ्गठन सचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सन्दिप याम्फु राई चयन भएका छन् ।
त्यसैगरी, खुला सदस्यहरू अरुण कुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्बाहाम्फे चयन भएको छ । महिला सदस्यमा रमिला दनुवार, निशा राई र मेनुका बम्जन, संस्थागत सदस्यमा अमित तामाङ, जयराम पुर्बाछाने मगर, श्रवण चौधरी र निश्चल राजभण्डारी तथा अल्पसख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएका छन् ।
त्यस्तै, लेखा समिति संयोजकमा प्रेम देवान (लुङ्वा) र अनुशासन समिति संयोजकमा ब्रह्मलाल हजारी चयन हुनुभएको निर्वाचन समिति संयोजक दिपीन राईले जानकारी दिनुभयो । शनिबार उद्घाटन भएको फोनिजको प्रदेश महाधिवेशनमा निकै रस्साकसीका साथ अन्तिममा आएर कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कोशी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कमलप्रसाद जबेगुले महाधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रममा फोनिजको सघीय अध्यक्ष गजुरधन राई, सचिवद्वय विश्वराज तामाङ, यमन दनुवार, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्