२०८१ माघ २६

त्रिवि शिक्षण अस्पतालमा पुनः बिमा सेवा सुचारु

काठमाण्डौँ, त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सेवा पुनः सञ्चालनमा आएको छ ।
अस्पतालले सूचना जारी गर्दै माघ ७ गतेबाट सेवा सुचारु गरेको जनाकारी दिएको छ । लामो समयदेखि शोधभर्ना रकम रोकिएको भन्दै अस्पतालले २०८१ भदौ १२ देखि अन्तरंग विभागका बिरामीलाई दिने सेवा स्थगित गरेको थियो ।
असारसम्मको भुक्तानी चाँडोभन्दा चाँडो गर्ने प्रतिबद्धतासहित स्वास्थ्य बिमा बोर्डले पत्राचार गरेपछि सेवा सुचारु गरिएको त्रिवि शिक्षण अस्पता महाराजगञ्ज प्रशासनलेजनाएको छ ।
बोर्डले शिक्षण अस्पताललाई २०७७ यताको करिब ७० करोड बढी शोधभर्ना रकम भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ ।