२०८१ माघ २६
संघीय संसदको दुबै सदनको अधिवेशन माघ १८ गते दिउँसो १ बजे बस्ने ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
सरकारको सिफारिस अनुसार राष्ट्रपतिले राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्