२०८१ माघ २६

भोलि–पर्सि नै संसद बोलाउँछौं : अग्नि सापकोटा ।

काठमाण्डौँ, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरूले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।
संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् ।
विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे ।
अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने,’ सापकोटाले भने, ‘संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । सरकारले अब पनि संसद बैठक बोलाएनन् भने हामी भोलि पर्सि नै सदन बोलाउनेछौं ।’ सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी थियो ।
हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, लगायत सातवटै प्रदेशमा आगो बल्नेछ,’ उनले भने ।