कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न तल्लो तहसम्मै गर्यो परिपत्र ।

काठमाण्डौँ, नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ
महामन्त्री गगनकुमार थापाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरेको हो ।
परिपत्रमा एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको हकमा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको फारम र नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम र नामावली बुझाउनु पर्ने उल्लेख गरिएको छ।
यस्तै प्रदेशसभा क्षेत्रीय समितिले माघ १४ गते ५ बजे पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने गरी परिपत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्